नेभिगेशन
कोरिया गतिविधी
vasme don

नोभेम्बर १२ मा याङ्सान नेपाली परिवार द्वारा प्रदर्शन गर्न लागिएको नेपाली चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) को लागि सम्पुर्ण तयारी पुरा

दक्षिण कोरिया , याङ्सान नेपाली परिवार द्वारा आयोजित  नेपाली चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) याङ्सान नेपाली परिवारको आपत्कालिन सहयोग कोष स्थापना  साथै  नेपाली पर्व  तिहारको पावन अवसरमा  यही आउँदो नोभेम्बर १२ मा  प्रदर्शन गर्न को लागि सम्पुर्ण तयारी पुरा भएको जनआवाज लाई जानकारी दिएका छन्।

याङ्सान  तथा याङ्सान लाई पायक पर्ने  सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरु लाई सहज हुने आशा  राखेर  फिल्म प्रदर्शन गर्न लागिएको  हुनाले सम्पूर्णलाई हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध सँगै मनोरञ्जन लिंदै सामाजिक कार्यमा सहकार्य गर्ने अभियानमा हातेमालो गरिदिनुहुन सम्पुर्णमा आयोजकले  अनुरोध गरेका छन्। विगतमा"टलकजॅग vs टुल्के" ,"पुरानो डुङगा"जस्ता नेपाली सिनेमा याङसानमा  सफल प्रदर्शन भइसकेका छन्।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।

कोरियामा ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले अफिसियल रइटस् लिएर ल्याएका हुन । नेपाल अधिराज्य भर र नेपाल बहिरा विभिन्न देशहरुमा  अक्टोबर २१,  / कार्तिक ४,  बडा दशैंको फूलपातीबाट एकैसाथ सफलताको साथ प्रदर्शन भैइरहेको छ।व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, साजन थापा मगर, प्रकाश दाहाल, विभु पौडेल लगायतको अभिनय रहेको छ।

  मिति  : 12 NOV 2023 

समय  : दिउसो 1 :00 बजे

स्थान: 문화예술회관-소공연장

경남 양산시 중앙로 39-1(양산 시청)

 

 टिकट बुकिङको लागी सम्पर्क

दिनेश हरिजन:- 01040216022

गोकुल लिम्बु :- 01049246116

सन्तोष घिमिरे :- 01096439723

युबराज गुरुङ :- 01048851551

गुमन लिम्बु :- 01074198051

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी