नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा नेपाल बौद्ध परिवारको ८औँ अधिवेशन अक्टोबर ४ मा

सौल, दक्षिण कोरिया। नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आफ्नो ८औँ अधिवेशन आगामी २०२६ अक्टोबर ४ तारिख, आइतबार आयोजना गर्ने भएको छ।संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अधिवेशनमा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

नेपाल बौद्ध परिवार दक्षिण कोरियाले लामो समयदेखि प्रवासमा रहेका नेपाली समुदायबीच बौद्ध धर्म, संस्कृति, आपसी सद्भाव र सामाजिक एकतालाई प्रवर्द्धन गर्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आठौँ अधिवेशनले संस्थाको आगामी नेतृत्व तथा भावी कार्यदिशालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

अधिवेशन अक्टोबर ४ तारिख आइतबार दिउँसो ठीक १२:३० बजे सुरु हुनेछ। कार्यक्रम नागार्जुन गुम्बा, जिहेङ (지행) मा आयोजना हुने आयोजकले जनाएको छ।आयोजक नेपाल बौद्ध परिवार दक्षिण कोरियाले कोरियामा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाउँदै अधिवेशन सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

IMG_2001-2-1789481337.JPG
#NewsKinara #NepalBuddhistFamily #SouthKorea #NepaliInKorea #अधिवेशन #नेपालीसमुदाय

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी