नेभिगेशन
कोरिया गतिविधी

मोक्पोमा ‘1st MOKPO FC CUP–2026’ हुँदै, विजेतालाई ४१ लाख वन

दक्षिण कोरिया। दक्षिण कोरियाको मोक्पो क्षेत्रमा नेपाली फुटबलप्रेमीहरूको सहभागितामा ‘1st MOKPO FC CUP–2026’ 7-A-Side Football Tournament आयोजना हुने भएको छ।

मोक्पो साम्हो साझा चौतारी अन्तर्गतको मोक्पो फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा आगामी अक्टोबर ४, आइतबार प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको समन्वय नेपाल फुटबल महासंघ, दक्षिण कोरियाले गर्नेछ।

प्रतियोगिताको विजेता टिमले ४१ लाख वन तथा उपविजेताले २२ लाख वन पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने टिमका लागि ४ लाख वन पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार वन तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १ लाख वन प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क ४ लाख वन तोकिएको छ। टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर २६ रहेको छ भने सेप्टेम्बर २७ मा टाइ-सिट सार्वजनिक गरिनेछ।

प्रतियोगिता 전남 영암군 삼호읍 대불주거19로 21 मा सञ्चालन हुनेछ।आयोजकले दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली फुटबल क्लब तथा खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन र फुटबलप्रेमीहरूलाई मैदानमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।प्रतियोगितालाई सफल बनाउन विभिन्न प्रायोजक, सहयोगी संघसंस्था, बैंकिङ पार्टनर तथा मिडिया पार्टनरहरूको समेत सहकार्य रहेको छ।

IMG_2001-2-1789481337.JPG
#NewsKinara #MokpoFCCup2026 #MokpoFC #NepaliFootball #SouthKorea #FootballTournament

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी