नेभिगेशन
कोरिया गतिविधी

हानपासको १०औँ वार्षिकोत्सवमा ‘ग्रान्ड फेस्टा’, कारदेखि सुनसम्म जित्ने मौका

रमेश सिवाकोटी | सोल, दक्षिण कोरिया

दक्षिण कोरियामा सञ्चालित रेमिट्यान्स सेवा प्रदायक कम्पनी हानपास (HANPASS) ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आकर्षक पुरस्कार तथा क्यासब्याकसहित ‘HANPASS GRAND FESTA 2026’ अभियान सुरु गरेको छ।

अक्टोबर १ देखि डिसेम्बर ३१, २०२६ सम्म सञ्चालन हुने अभियानमा सहभागी ग्राहकले किया सेल्टोस प्रेस्टिज कार, २४ क्यारेट सुनको बार, आईफोन १८ प्रो, ग्यालेक्सी नोटबुक तथा एप्पल वाच लगायतका पुरस्कार जित्ने अवसर पाउनेछन्।कम्पनीका अनुसार बम्पर पुरस्कारअन्तर्गत एक जनाले किया सेल्टोस प्रेस्टिज कार, दुई जनाले २४ क्यारेट सुनको बार, तीन जनाले आईफोन १८ प्रो, चार जनाले ग्यालेक्सी नोटबुक र पाँच जनाले एप्पल वाच प्राप्त गर्नेछन्। मुख्य पुरस्कारका विजेता जनवरी १५, २०२७ मा घोषणा गरिनेछ।

अभियान अवधिमा हानपासमार्फत विदेशमा रकम पठाउने, हानपास कार्डबाट भुक्तानी गर्ने वा नयाँ HANPASS USIM लिने योग्य ग्राहकले लक्की ड्रमा सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ।बम्पर पुरस्कारसँगै हानपासले साप्ताहिक क्यासब्याक योजना पनि सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत हरेक साता १० जना भाग्यशाली ग्राहकले जनही १० हजार कोरियन वन क्यासब्याक प्राप्त गर्नेछन्। पहिलो विजेता अक्टोबर ९ मा घोषणा गरिनेछ भने त्यसपछि प्रत्येक शुक्रबार विजेता सार्वजनिक गरिने जनाइएको छ।

हानपासले आफ्नो एक दशकको यात्रालाई ग्राहकसँगको विश्वास, सहकार्य र सम्बन्धको उत्सवका रूपमा मनाउँदै विशेष अभियान सञ्चालन गरिएको जनाएको छ।अभियानको अवधि, सहभागिताका सर्त तथा विजेतासम्बन्धी थप जानकारी HANPASS REMITTANCE NEPAL को आधिकारिक फेसबुक पेजमार्फत लिन सकिनेछ।

सम्पर्क: 02-3409-1126 / 010-5542-8107

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी