नेभिगेशन
कोरिया गतिविधी

बौद्ध परिवार दक्षिण कोरियाको अध्यक्षमा पुनः थुतुङ गेल्जी शेर्पा, आठौँ कार्यसमिति चयन

दक्षिण कोरिया। बौद्ध परिवार दक्षिण कोरियाको आठौँ अधिवेशनबाट थुतुङ गेल्जी शेर्पा पुनः अध्यक्षमा चयन भएका छन्। जिहेङस्थित नगार्जुन गुम्बामा आइतबार, अक्टोबर ४ मा सम्पन्न अधिवेशनले शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

दक्षिण कोरियामा रहेका नेपाली बौद्ध धर्मावलम्बी तथा समुदायलाई धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिमार्फत जोड्दै आएको बौद्ध परिवार दक्षिण कोरियाको आठौँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि संस्थाका संस्थापक अध्यक्ष इन्द्र गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलको सदस्यमा नगार्जुन गुम्बाका प्रमुख लामा साङ्गे फुन्चोक शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष शुभराज भोम्जन रहेका थिए।

निर्वाचन मण्डलले आवश्यक प्रक्रिया पूरा गरी थुतुङ गेल्जी शेर्पाको अध्यक्षतामा आठौँ कार्यसमिति घोषणा गरेको हो। शेर्पाले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन्।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दावा काल्सङ लोप्चन र उपाध्यक्षमा भक्त बहादुर गुरुङ चयन भएका छन्। त्यस्तै, महासचिवमा आङ माया शेर्पा, सचिवमा मनिश बुढा, कोषाध्यक्षमा पेम्बा बल र सह–कोषाध्यक्षमा संगीता गुरुङ चयन भएका छन्।कार्यसमिति सदस्यतर्फ एलिसा शेर्पा, प्रेम बहादुर तामाङ र विशाल तामाङ चयन भएका छन्।

तीन पद अझै रिक्त

आठौँ कार्यसमितिमा व्यवस्था गरिएका उपाध्यक्षका थप दुई पद र एक सदस्य पद भने तत्कालका लागि रिक्त रहेका छन्।निर्वाचन मण्डलका सदस्य शुभराज भोम्जनका अनुसार ती पदमा उम्मेदवारी नपरेपछि अधिवेशनबाट पदपूर्ति हुन नसकेको हो।

रिक्त रहेका दुई उपाध्यक्ष र एक सदस्य गरी तीन पदलाई कार्यसमितिको पहिलो बैठकबाट पूर्ति गरी कार्यसमितिलाई पूर्णता दिइने नवनिर्वाचित अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका छन्।

आठौँ कार्यसमिति

अध्यक्षमा थुतुङ गेल्जी शेर्पा, वरिष्ठ उपाध्यक्षमा दावा काल्सङ लोप्चन, उपाध्यक्षमा भक्त बहादुर गुरुङ, महासचिवमा आङ माया शेर्पा, सचिवमा मनिश बुढा, कोषाध्यक्षमा पेम्बा बल र सह–कोषाध्यक्षमा संगीता गुरुङ रहेका छन्। सदस्यहरूमा एलिसा शेर्पा, प्रेम बहादुर तामाङ र विशाल तामाङ चयन भएका छन्।

दुई उपाध्यक्ष र एक सदस्यको पद भने रिक्त छ।आठौँ अधिवेशनसँगै पुनः नेतृत्वको जिम्मेवारी पाएका अध्यक्ष शेर्पाले संस्थालाई थप व्यवस्थित बनाउँदै दक्षिण कोरियामा रहेका नेपाली बौद्ध समुदायबीच आपसी सद्भाव, धार्मिक तथा सांस्कृतिक गतिविधि र सामाजिक सहकार्यलाई निरन्तरता दिने बताएका छन्।

नयाँ कार्यसमितिले पहिलो बैठकमार्फत रिक्त पदहरूमा पदपूर्ति गरेपछि आठौँ कार्यसमितिले पूर्णता पाउनेछ।

IMG_3340-1791168368.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी