नेभिगेशन
कोरिया गतिविधी

पेनाल्टी सुटआउटमा MASEOK FC लाई ४–२ ले हराउँदै SUWON NFC बन्यो च्याम्पियन

दक्षिण कोरिया। SINBUK UNITED FC को आयोजनामा दक्षिण कोरियाको पोछन फुटबल पार्क (포천축구공원) मा सम्पन्न तेस्रो फुटबल नकआउट टुर्नामेन्ट २०२६ को उपाधि SUWON NFC ले जितेको छ।

रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म SUWON NFC र MASEOK FC दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा SUWON NFC ले ४–२ को जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो। MASEOK FC का खेलाडीले प्रहार गरेका दुई पेनाल्टी गोलमा परिणत हुन नसक्दा टोली उपविजेतामा सीमित भएको प्रतियोगिताको नतिजाबारे आयोजक रोशन योन्जन तामाङले जानकारी दिनुभयो।

cdee85f9898fc417eb7e991f58dcef8e-1791794651.jpg
“परदेशमा भाइचारा, खेलकुदको सहारा” तथा “अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रबाट २० वटा नेपाली फुटबल क्लबको सहभागिता रहेको थियो।

नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न चरण पार गर्दै SUWON NFC र MASEOK FC उपाधिका लागि आमनेसामने भएका थिए। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। निर्णायक पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै SUWON NFC प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो।

प्रतियोगिताको उपाधि जितेको SUWON NFC ले ३० लाख कोरियन वन नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता MASEOK FC ले १५ लाख वन प्राप्त गरेको छ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) लाई १ लाख वन नगद पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५० हजार वन नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

व्यक्तिगत विधामा MASEOK FC का Bishal Limbu सर्वोत्कृष्ट खेलाडी (MVP) घोषित हुँदै १ लाख वन प्राप्त गरे SUWON NFC का Niraj Jung Karki उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका Rupak Nepali उत्कृष्ट गोलरक्षक घोषित भए। त्यस्तै, Royal Gorkha FC का Mandip Karki सर्वाधिक गोलकर्ता बने। उनीहरूले जनही ५० हजार वन नगदसहित प्रमाणपत्र प्राप्त गरे।

कोरियामा रहेका नेपाली युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै आपसी भाइचारा, मित्रता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै अनुशासन, स्वास्थ्य र खेल संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो।विदेशी भूमिमा विभिन्न पेशा तथा व्यवसायमा व्यस्त नेपाली युवालाई खेलकुदको माध्यमबाट एकै ठाउँमा जोड्नुका साथै उनीहरूमा रहेको खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी क्लब, खेलाडी, प्रायोजक, सहयोगी, स्वयंसेवक तथा खेलप्रेमी दर्शकहरूप्रति  SINBUK UNITED FC का अध्यक्ष चन्द्र मगरले धन्यवाद व्यक्त गर्दै विजेता, उपविजेता तथा व्यक्तिगत विधाका पुरस्कार विजेताहरूलाई बधाई तथा शुभकामना दिएको छ।

5F993252-AC2F-4F72-8568-4BC991AB8379-1789481639.PNG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी