नेभिगेशन
नेपाल गतिविधी

भीमफेदीको मण्डु टोलमा उज्यालो नेपाल पार्टीको भेला सम्पन्न:  बहादुर वाइबाको अध्यक्षतामा टोल कमिटी गठन

भीमफेदी, मकवानपुर। उज्यालो नेपाल पार्टी भीमफेदी गाउँपालिका कमिटीको आयोजनामा सञ्चालित ‘३ महिने संगठन विस्तार अभियान’ अन्तर्गत आज भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित मण्डु टोलमा टोल भेला भव्य रूपमा सम्पन्न भएको छ ।

स्थानीय नागरिकहरूको व्यापक र उत्साहजनक सहभागिता रहेको उक्त भेलाले पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

उक्त टोल भेलाले फुल बहादुर वाइबाको अध्यक्षतामा नयाँ मण्डु टोल कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको सचिवमा मान बहादुर तितुङ चयन हुनुभएको छ । यसैगरी कमिटीका सदस्यहरूमा पार्वती स्याङ्तान, मिलन प्रजा, सन्चमाया वाइबा, बिमला भोमजन, राधिका राना मगर र सुकुमाया वाइबा रहनुभएको छ ।

08472db3432d964806592f83fc70eba8-1791797206.jpg
टोल भेलाले ६ नम्बर वडा कमिटीका लागि आफ्नो टोलबाट प्रतिनिधित्व गर्ने ५ जना प्रतिनिधिको समेत चयन गरेको छ । वडा प्रतिनिधिहरूमा रन्जना थिङ, कल्पना वाइबा, बिनोद सिंह वाइबा, अशोक स्याङ्तान र सुनिल प्रजालाई सिफारिस गरिएको छ ।

पार्टीको विचार र अभियानप्रति ऐक्यबद्धता जनाउँदै आजको भेलाका क्रममा स्थानीय करिब २० जनाले उज्यालो नेपाल पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका छन् । ६ नम्बर वडा कमिटीका संयोजक दिनेश रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष आस्लामी, कोषाध्यक्ष युगेन घलान तथा पालिका कमिटीका सल्लाहकार जितमान सिंह वाइबा लगायतको विशेष उपस्थिति रहेको थियो ।

छलफलका क्रममा स्थानीय बासिन्दाहरूले टोलका विद्यमान समस्याहरू र विकास निर्माणका आवश्यकताहरूबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । जनताका गुनासा र समस्याहरू सुन्दै नेताहरूले ती समस्या समाधानका लागि पार्टीले निरन्तर पहल र नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अभियानप्रति स्थानीयवासी निकै उत्साहित देखिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी