नेभिगेशन
कोरिया गतिविधी

भीमफेदीमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, आशिष अस्लामीको नेतृत्वमा १९ सदस्यीय कमिटी

मकवानपुर। उज्यालो नेपाल पार्टीले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो पहिलो बैठक सम्पन्न गर्दै आशिष अस्लामीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी गठन गरेको छ।

भीमफेदीको टौबासमा सम्पन्न बैठकबाट अध्यक्षमा आशिष अस्लामी, उपाध्यक्षमा रोशन घलान, सचिवमा सुदिप लामा, उपसचिवमा ल्हासा बुटी स्याङ्बा र कोषाध्यक्षमा युगेन घलान चयन भएका छन्।

IMG_3341-1791170994.jpg
त्यस्तै सदस्यहरूमा राजिब परियार, भीमबहादुर थोकर, नारायण मोक्तान, टसी लामा, वीर बहादुर मोक्तान, प्रयास गोले, मानब तामाङ, रोहित गोले, दिनेश राना, बिजय थीङ, पृया तामाङ, अम्मर सिंह वाइबा र सानुकान्छा घलान लगायत रहेका छन्।

बैठकले जितमान सिंह वाइबा र चन्द्र तितुङलाई पार्टीको भीमफेदी गाउँपालिका सल्लाहकारमा मनोनीत गरेको छ।

नवगठित कमिटीले संगठनलाई गाउँपालिका तहमा थप सक्रिय र प्रभावकारी बनाउँदै वडा तथा टोलसम्म विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि बैठकले आगामी तीन महिनाभित्र पार्टी सदस्यता वितरण तथा संगठन विस्तारलाई तीव्रता दिने कार्ययोजना समेत तय गरेको छ।

IMG_3342-1791170953.jpg
कार्ययोजनाअनुसार स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद र सम्पर्क बढाउने, नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने तथा वडा र टोलस्तरमा सांगठनिक संरचना विस्तार गर्ने गतिविधिलाई प्राथमिकता दिइनेछ।

पहिलो बैठकसँगै उज्यालो नेपाल पार्टीले भीमफेदीमा आफ्नो पालिकास्तरीय सांगठनिक संरचना निर्माण गर्दै संगठन विस्तारको अभियान औपचारिक रूपमा अगाडि बढाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी