नेभिगेशन
कोरिया गतिविधी

नेपालका विपद् पीडितको स्मृतिमा दक्षिण कोरियामा २१ दिने दीप प्रज्वलन

दक्षिण कोरिया। नेपालमा आएको बाढी तथा विभिन्न प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा दक्षिण कोरियामा २१ दिने दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

नागार्जुन मोनास्ट्री परिवार, नेपाल बौद्ध परिवार र शेर्पा संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सेप्टेम्बर ६ देखि सुरु भई सेप्टेम्बर २६ तारिखसम्म सञ्चालनमा रहनेछ।कार्यक्रममार्फत विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिने आयोजकले जनाएको छ।

अहिलेसम्म श्रद्धाञ्जली अर्पण गर्न नसकेकाहरूले आफूलाई अनुकूल हुने दिन र समयमा उपस्थित भई एक दीप प्रज्वलन गरेर दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्न सक्नेछन्।कार्यक्रम हरेक दिन बिहान ८ बजेदेखि राति ९ बजेसम्म नागार्जुन मोनास्ट्री (용수사), 경기도 동두천시 지행동 721-2, जिहेङ स्टेशन १ नम्बर निकास नजिक सञ्चालन भइरहेको छ।

IMG_2001-2-1789481337.JPG
 

#NewsKinara #NepalFlood #श्रद्धाञ्जली #दीपप्रज्वलन #NepaliInKorea #SouthKorea

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी