नेभिगेशन
कोरिया गतिविधी

"गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को तेश्रो शृङ्खलामा भाषाविद अमृत योञ्जन तामाङ आउने

दक्षिण कोरिया -नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम "गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को तेश्रो शृङ्खलामा भाषाविद तथा भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ आउने भएको छ।

अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको तामाङ घेदुङ दक्षिण कोरियाले जनाएको छ।

तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्ति हरूलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक भाषा सम्बन्धी अन्तरक्रिया हुने भएको हो। तामाङहरुले बोल्दै आएको भाषा विभिन्न क्षेत्र अनुसार फरक फरक रहदै आएको छ। बागमती प्रदेशको संसदले तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारित गरेको छ। यस विषयमा तामाङ भाषाको तयारी स्थितिको बारेमा वहस र अन्तरक्रिया हुने कुरा कार्यक्रम संयोजक केशवमान तामाङले जानकारी दिएको छ।

भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ भाषिक अधिकारको निम्ति निरन्तर संघर्ष र अभियानमा लागि रहनु भएको अभियन्ता हो। भाषाविज्ञानमा स्नातकोत्तर तह सम्मको शिक्षा हासिल गर्नु भएको तामाङले तामाङ भाषा र साहित्य सम्बन्धित ५२ वटा भन्दा बढी  पुस्तकहरु प्रकाशन गरि सक्नु भएको छ। भाषा संरक्षण र सम्बर्द्धनको निम्ति उहाँले अतुलनीय योगदान पुर्याउनु भएको छ। तामाङ भाषाको व्याकरण र शव्दकोष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। भाषाविदको परिचय बनाउनु भएको तामाङको नेतृत्वमा अहिले तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालन भइरहेको छ। जहाँ तामाङ भाषा साहित्य लगायतका अन्य पुस्तकहरुको संकलन भइरहेको छ।

394550133_858504675654818_1375096337382234867_n-1700306417.jpg

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया को अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रम नेपालको समय र मिती अनुसार मङ्सिर ९ गते शनिबार साँझ ६ बजे र कोरियामा नोभेम्बर २५ तारिख बेलुका ९:१५ मा हुने कुरा घेदुङको अध्यक्ष राजकुमार स्याङतान तामाङले बताएको छ। साथै कार्यक्रममा सहभागी भएर तामाङ भाषा सम्बन्धि जान्न, बुझ्न र प्रश्नहरू भएको खण्डमा प्रश्नहरू राखिदिएर सहयोग गरिदिनु हुन सम्पुर्ण दर्शक श्रोता हरू माँझ अनुरोध पनि गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी