नेभिगेशन
कोरिया गतिविधी

याङ्सान नेपाली परिवारको ११औँ महाअधिवेशन सम्पन्न, गोकुल लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको याङ्सान क्षेत्रमा क्रियाशील संस्था याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन २०२६ जनवरी ४ गते आइतबार “प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ गरिमामय रूपमा सम्पन्न भएको छ।उक्त महाअधिवेशनबाट सर्वसम्मत रूपमा गोकुल लिम्बु (मोरङ)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।

IMG_9765-1767621890.jpg
नवगठित कार्यसमिति अध्यक्षमा गोकुल लिम्बु (मोरङ) ,वरिष्ठ उपाध्यक्षमा  विनोद सिग्देल(झापा) र उपाध्यक्षहरूमा सन्तोष चन्दरा(बझाङ),ईन्द्र गुरागाईं(उदयपुर),गोकुल कार्की(पर्वत),रोमन घिमिरे(काभ्रेपलान्चोक) त्यसैगरी सचिवमा सुरेन परियार(चितवन)

सह–सचिव  राजिन परियार(पोखरा),कोषाध्यक्ष श्रीराम सुवेदी(गुल्मी),सह–कोषाध्यक्ष राजेश जोशी(झापा),सदस्यहरूमा  सविन मगर(काभ्रे),हुमन मगर(बाग्लुङ), डेबिट लिम्बु(मोरङ),सन्तोष न्यौपाने(गुल्मी),प्रसन्न वि.क.(स्याङजा), पूर्ण बहादुर खत्री(बांके)पलमान श्रेष्ठ(सिन्धुपाल्चोक)चयन भएका छन्

त्यसैगरी संरक्षकमा दिनेश हरिजन र जिना गुरुङ प्रमुख सल्लाहाकार मुकेश बज्राचार्य(काठमाडौ),मिराज पौडेल (मोरङ),दिपेन्द्र घिमिरे(मोरङ),दारिन्जि शेर्पा(तेह्रथुम),पुरु वस्नेत(सुनसरी),दावा पाख्रिन(सिन्धुपाल्चोक), मदन उपाध्य(कैलाली),गुमन लिम्बु(ताप्लेजुङ)र शिव भट्ट(हेटौडा)सर्वसम्मत रूपमा चयन भएका छन्।

IMG_9767-1767621963.jpg
महाअधिवेशनले संस्थालाई विगतदेखि कुशल नेतृत्व प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गर्नु भएका निवर्तमान अध्यक्ष दिनेश हरिजन लगायत सम्पूर्ण निवर्तमान पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।

नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि याङ्सान नेपाली परिवारको गरिमा, एकता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी