नेभिगेशन
कोरिया गतिविधी

नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं महाधिवेशन सम्पन्न, अध्यक्षमा देवी गौतम सर्वसम्मत चयन

सउल, १७ अगस्ट २०२५ – नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं महाधिवेशन राजधानी सउलमा भव्य रुपमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत निर्णय गर्दै देवी गौतमलाई नयाँ कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ।

महाधिवेशनमा दक्षिण कोरियाका विभिन्न क्षेत्रका नेपालीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको गत गतिविधि, भविष्य योजना तथा संगठनलाई अझ सबल बनाउनुपर्ने विषयमा छलफल भएको बताइएको छ।

IMG_8017-1755427705.jpg

नवनिर्वाचित कार्यसमिति

• अध्यक्ष: देवी गौतम

• वरिष्ठ उपाध्यक्ष: राजन बोहोरा

• उपाध्यक्षहरू: अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ, सुमन थापा

• महिला उपाध्यक्ष: मिता गुरुङ

• महासचिव: अशोक खड्का

• सचिवहरू: अमिर पाण्डे, प्रदिप भट्टराई

• कोषाध्यक्ष: सहदेब बनियाँ

• सह–कोषाध्यक्ष: गुणराज सिर्मल

• महिला संयोजक: शिखा थापा

• विद्यार्थी संयोजक: तारानाथ लामिछाने

सदस्यहरू:मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन् कोइराला, शिखर लम्साल, पुष्प तामाङ, दिपजङ थापा, रमेश शावा सर्वसम्मत चयन भएका छन्

IMG_8018-1755427760.jpg
नवनिर्वाचित अध्यक्ष देवी गौतमसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न संघ–संस्था, समुदायका अगुवाहरू तथा नेपाली प्रवासीहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी