नेभिगेशन
कोरिया गतिविधी

NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता-निःशुल्क चिकित्सक सेवा सञ्चालन हुने

सिओल – पार्बती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरू लगायतलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

IMG_7951-1755167667.jpg
बुधबार एयस डकाष्टको कार्यालयमा आयोजित विशेष कार्यक्रममा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार आउँदो सेप्टेम्बर २० देखि हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य सल्लाह उपलब्ध गराइनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउनेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामीको नाम दर्ता र कार्यक्रमको सहजीकरण गर्नेछ।

IMG_7952-1755167749.jpg
सम्झौता हस्ताक्षर कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्ष निरञ्जन भण्डारी, सचिव सोनाम शेर्पा, महिला संयोजक मिता गुरुङलगायतको उपस्थिति रहेको थियो।

NRNA दक्षिण कोरियाले कोरियामा बस्ने सम्पूर्ण नेपालीहरूलाई यस निःशुल्क स्वास्थ्य सेवाबाट अधिकतम लाभ लिन आग्रह गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी