नेभिगेशन
कोरिया गतिविधी

अध्यक्ष पदमा बुद्धि गुरुङको उम्मेदवारी फिर्ता, पार्वती मोक्तान अझ बलियो उम्मेदवारको रूपमा उभिइन्

सिओल, दक्षिण कोरिया — गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बुद्धि गुरुङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएसँगै, पार्वती मोक्तान अब बलियो उम्मेदवारको रूपमा अगाडि देखिएकी छन्।

IMG_7650-1753366730.JPG
बुद्धि गुरुङको उम्मेदवारी फिर्ता भएपछि अध्यक्ष पदको प्रतिस्पर्धा अझ स्पष्ट बनेको छ। पारदर्शिता, एकता र समावेशीताको पक्षमा अभियान चलाउँदै आएकी पार्वती मोक्तान अब अध्यक्ष पदमा सबैभन्दा संभावित तथा सशक्त उम्मेदवारको रूपमा हेरिन थालेकी हुन्।

उनको नेतृत्व दृष्टिकोण, श्रमिक हित संरक्षण, संस्थागत पारदर्शिता, युवा–विद्यार्थी सहभागिता, र नेपाल–कोरिया सम्बन्ध सुदृढीकरण जस्ता विषयमा केन्द्रित छ। पछिल्लो समय विभिन्न संघसंस्थाहरू, युवाहरु र महिलाहरूको समर्थनले उनको उम्मेदवारीलाई थप मजबुत बनाएको छ।

NRNA को नयाँ नेतृत्व चयन प्रक्रियाले अब निर्णायक मोड लिने संकेत दिइरहेको छ।

IMG_7652-1753366783.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी