नेभिगेशन
कोरिया गतिविधी

हरी भट्टराईलाई नै भोट किन? एकता, नेतृत्व र रूपान्तरणको प्रतिबद्धतासहित चुनावी दौडमा

सिओल,दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरि प्रसाद भट्टराईले आगामी १०औं अधिवेशनमार्फत अध्यक्ष पदमा उम्मेदवारी  दर्ता गरेका छन। गरेका छन्।

बैंकिङ क्षेत्रका विज्ञ भट्टराईले आफ्नो दीर्घकालीन पेशागत अनुभव र संस्थागत नेतृत्व क्षमतालाई एकीकृत गर्दै एनआरएनएलाई एकजुट, समन्वित र गतिशील बनाउने अठोटसहित चुनावी यात्रा सुरु गरेका हुन्।

143976f9--1753194332.JPG
 

हरी भट्टराईलाई नै भोट किन? 

1. ✅ एकता र समन्वयमा जोड एकता र समन्वयमा जोडः कोरियामा विगतदेखि देखिदै आएका बिभाजन र समुहगत स्वार्थलाई अन्त्य गरी एकताबद्ध गर्दै सबै नेपालीलाई समेट्‌ने सबल, समाबेसी र साझा मञ्च निर्माणमा पहल गर्न ।

2. ✅ड्राईभिङ लाइसेन्स परीक्षा नेपाली भाषामाः कोरियामा अन्य देशका भाषाहरुमा पनि परिक्षा हुने गरेकाले नेपाली भाषामा पनि ड्राईभिङ् लाईसेन्स परिक्षा सञ्चालन गर्न पहल गर्ने ।

3. ✅ NRNA कार्डको प्रभावकारीता:NRNA कार्डलाई केवल पहिचाहनकोरूपमा नभई व्यवहारिक रूपमा उपयोग गरी कोरिया तथा नेपालमा विभिन्न सेवा/सुविधा उपलब्ध गराउने।

4. ✅ श्रमिकको तालीम, पुनःप्रवेश र सीप विकास कोरियाबाट फर्कने श्रमिकलाई स्वदेशमै पुनःप्रवेश तालीम, सीप विकास, र स्वरोजगारका कार्यक्रम उपलब्ध गराउने।

5. ✅ सामाजिक सुरक्षा तथा बीमा योजना:कोरियामा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा, दुर्घटना बीमा तथा अन्य आवश्यक सेवा सुविधा पुर्‍याउने योजना अघि बढाउने।

6. ✅ कोरिया-नेपाल प्रबुद्ध सम्वाद र सहयोग कोरियाली विश्वविद्यालय, संस्था तथा सरकारी संयन्त्रसँग साझेदारी गरी कोरिया-नेपाल सम्बन्ध सुदृढ गर्ने।

7. ✅ सामाजिक र सांस्कृतिक संरक्षण कोरियामा नेपाली संस्कृति र परम्परालाई जोगाउने कार्यक्रम सञ्चालन गर्ने।

8. ✅ संवेदनशील मुद्दाहरूमा बलियो पैरवी जस्तो – मानसिक स्वास्थ्य, श्रमिक समस्या, DV केस, अप्ठ्यारा अवस्थामा परेका नेपालीहरूको तत्काल सहयोग।

9. ✅ सञ्चार क्षेत्रको पहुँच विस्तार नेपाली रेडियो, मिडिया तथा अनलाइनमा नेपाली भाषाको कार्यक्रममार्फत कोरियामा रहेका नेपालीहरूलाई सशक्त जानकारी दिने।

📅 भोट गर्ने मिति: जुलाई २६ र २७, २०२५

🗳 उम्मेदवार: हरी प्रसाद भट्टराई

🔴 “आजभन्दा भोलिको हित र सम्पूर्ण नेपालीको लागि हरीलाई हातेमालो गरौं!”

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी