नेभिगेशन
कोरिया गतिविधी

"ICN राष्ट्रिय लिग कोरिया २०२५ Natural Bodybuilding Competition” मा राजु नेपाली लाई ऐतिहासिक सफलता

सिउल-दक्षिण कोरियामा हालै सम्पन्न “ICN National League Korea 2025 – Natural Bodybuilding Competition” मा राजु  नेपालीले तीनवटै डिभिजनमा भाग लिई अत्यन्त उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्।

att.6ZwKVKWZtcEcLaEfHH8dju7mMDuQLVDSMgmsfwyqWYc-1753106479.JPG
उहाँले सहभागी भएका तीनवटै प्रतिस्पर्धात्मक श्रेणीमा क्लासिक फिजिक फर्स्ट टाइमर - स्वर्ण पदक ,क्लासिक फिजिक ओपन – चौथो स्थान, पुरुष फिजिक फर्स्ट टाइमर - रजत पदक हसिल गरेका हुन्।

att._yIB9MLP6y_yao86Z9YQb_rnprV26UxAaGwMmv6iQdU-1753106613.jpg
उहाँको यो सफलता कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायक उदाहरण बनेको छ। कडा परिश्रम, समर्पण र निरन्तर अभ्यासले नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउँदै गएको यो उदाहरणीय सफलता हो।

att.DUOWFvrVS13kXWm71uFAx3wHelhsR2ksrlLSKXBqCjc-1753106541.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी