नेभिगेशन
कोरिया गतिविधी

नेपाल मगर संघ, कोरियाको १२औं अधिवेशन सम्पन्न अध्यक्षमा अन्जन थापामगर सर्बसम्मत चयन

सिओल, दक्षिण कोरिया – नेपाल मगर संघ, गणतन्त्र कोरियाले आइतबार आफ्नो १२औं अधिवेशन सम्पन्न गरेको छ।सम्पन्न अधिवेशनमार्फत मगर संघ दक्षिण कोरियाको १२औं कार्यसमिति सर्वसम्मत गठन गरिएको छ। कोरियामा रहेका मगर समुदायको हक–हित, भाषा, संस्कृति तथा एकताको प्रवर्द्धन गर्ने उद्देश्यले  स्थापना यस संघको नयाँ नेतृत्वमा अन्जन थापा मगर  सर्वसम्मत चयन भएका छन्।

नयाँ कार्यसमितिमा कोरियाको विभिन्न सहर तथा नेपालका विभिन्न जिल्लाबाट आएकाहरूको प्रतिनिधित्व गरिएको छ। नेतृत्वदायी तहदेखि सदस्य तहसम्म समावेशी प्रतिनिधित्व गरिएको यो समिति मगर समुदायबीच एकता, सहयोग र पहिचानको प्रवर्द्धनमा क्रियाशील रहने विश्वास गरिएको छ।

“संसारका मगरहरू एक हौं” भन्ने मूल नाराका साथ आयोजना भएको उक्त अधिवेशनमा कोरियामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर समुदायका सदस्यहरू, नेपाली संघसंस्था, पत्रकार, तथा शुभेच्छुकहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रम बिहान ११:०० बजे देखि सुरू भई  दोङदेमुन स्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा भएको थियो।

नवनिर्वाचित १२औं कार्यसमिति

• अध्यक्ष – अन्जन थापा मगर (गोर्खा)

• वरिष्ठ उपाध्यक्ष – विजय थापा मगर (स्याङ्जा)

• महिला उपाध्यक्ष – गायत्री थापा मगर (धादिङ)

• उपाध्यक्ष (क्षेत्रीय शाखा) – दिप थापा मगर (रामेछाप)

• भाषिक उपाध्यक्ष (ढुट) – दिल बलामी मगर (बाग्लुङ)

• भाषिक उपाध्यक्ष (खाम) – कृष्ण पुन मगर (दाङ)

• भाषिक उपाध्यक्ष (काईके) – विरेन्द्र राहुँ मगर (प्यूठान)

• महासचिव – पि.एम. ग्यामी मगर (पाँचथर)

• सचिव – मिलन थापा मगर (पाल्पा)

• सचिव – पुर्ण बहादुर पुन मगर (रोल्पा)

• सचिव – तिल्ता मगर (पाल्पा)

• कोषाध्यक्ष – दल बहादुर थापा मगर (बाग्लुङ)

• सह-कोषाध्यक्ष – खिल बहादुर सारु मगर (पाल्पा)

सदस्यहरू:

1. होम बहादुर थापा मगर (कपिलवस्तु)

2. अमृत आले मगर (धादिङ)

3. खगेन्द्र बहादुर चुहान मगर (सुर्खेत)

4. निर्मल घर्ति मगर (दाङ)

5. बल बहादुर थापा मगर (गुल्मी)

6. सरला मगर (स्याङ्जा)

7. क्षितिज सुस्लिङ मगर (बर्दिवास, महोत्तरी)

8. गिरि थापा मगर (पाल्पा)

9. धिरज लुङ्गेली मगर (संखुवासभा)

10. एस.बी. राना मगर (स्याङ्जा)

11. मीन आले मगर (महोत्तरी)

12. मन बुढा मगर (रोल्पा)

13. अन्जली आले मगर (तनहुँ)

14. सुर्य झेंडी मगर (तनहुँ)

15. आकाश थापा मगर (स्याङ्जा)

16. यानु पुन मगर (म्याग्दी)

17. उषा राना मगर (नवलपरासी)

18. वसन्त थापा मगर (स्याङ्जा)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी