नेभिगेशन
कोरिया गतिविधी

कोरियामा २०२५ को दोस्रो चरणका लागि २२,७३१ जना विदेशी मौसमी कामदार थप तोकियो

कोरिया, २०२५ जुन २४ – संजय गुरुङ

कोरियाली न्याय मन्त्रालय, कृषि मन्त्रालय र समुद्री तथा मत्स्य मन्त्रालयले संयुक्त रूपमा २०२५ को दोस्रो चरणमा २२,७३१ जना विदेशी मौसमी कामदार थप रूपमा तोक्ने निर्णय गरेका छन्। यससँगै २०२५ का लागि कुल ९५,७०० जना मौसमी कामदारको कोटा निर्धारण भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि हो।

att.bjCF5dMxFqULBOpE-ZcJWoVUOUKC1pRD0Phb85VdLMU-1751114384.JPG

पहिलो चरणमा ७२,६९८ जना र दोस्रो चरणमा २२,७३१ जना कामदार तोकिएका छन् भने अतिरिक्त लचिलो कोटा २७१ जना रहेको छ।क्षेत्र अनुसार, कृषि क्षेत्रमा कुल ८६,६३३ जना र मत्स्य क्षेत्रमा ८,७९६ जना कामदार रहनेछन्। विशेष गरी दोस्रो छमाहीमा कृषिमा १७,६३७ र मत्स्य क्षेत्रमा ५,०९४ जना थप कर्मचारी तोकिएका छन्।

स्थानीय सरकारले कृषि मन्त्रालयको स्वीकृति लिएर स्थानीय बजेट प्रयोग गरी सार्वजनिक मौसमी कामदार कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। यस अन्तर्गत कृषि तथा मत्स्य सहकारी संस्थाले विदेशी कामदारलाई प्रत्यक्ष रूपमा रोजगार दिएर दैनिक रूपमा किसान र मत्स्यपालकलाई श्रम सेवा प्रदान गर्नेछन्।

हेनाम जिल्लामा पहिलो पटक समुद्री किम र मह खेती गर्ने किसानहरुलाई लक्षित गरी सार्वजनिक मौसमी कामदार कार्यक्रम सुरु गरिनेछ।

विदेशी कामदार र स्थानीय किसानबीच भाषा सञ्चार सहज बनाउन भाषा सहायता प्रणालीमा सुधार गरिएको छ। पहिले तोकिएको संख्यामा मात्रै भाषा सहायक उपलब्ध गराइन्थ्यो भने अब स्थानीय सरकारको माग अनुसार आवश्यक भाषाका अनुवादक वा सहायकहरू परिचालन गर्न सकिनेछन्।सरकारले यो निर्णयले कृषि तथा मत्स्य क्षेत्रको श्रम अभाव समाधान गर्न ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै, कामदार भर्ना र व्यवस्थापन प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउन आवश्यक सुधारहरू निरन्तर अगाडि बढाइनेछ।

att.FkF7X3KlSs9kPlV2-bfmxqE2T-OwTFA15u-uDa87DTY-1751114315.JPG
थप जानकारीका लागि सम्पर्क

न्याय मन्त्रालय (법무부), 담당자: 박정석, फोन: ०२-२११०-४०८७

कृषि मन्त्रालय (농림축산식품부), 담당자: 김동우, फोन: ०४४-२०१-१७२१

समुद्री तथा मत्स्य मन्त्रालय (해양수산부), 담당자: 은재헌, फोन: ०४४-२००-५४७१

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी