नेभिगेशन
कोरिया गतिविधी

जेजुमा नेपाल तामाङ घेदुङ शाखाको तेस्रो अधिवेशन २४ मे मा हुने

जेजु, दक्षिण कोरिया — तामाङ समुदायको भाषा, धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको संस्था नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजु शाखाले आफ्नो तेस्रो अधिवेशन यही २०२५ मे २४ तारिख शनिबारका दिन आयोजना गर्ने भएको छ।

कार्यक्रम बेलुका ७:०० बजेदेखि 제주특별자치도 명신 1길 11 (KCTU Hall) मा हुने छ।संस्थाले जेजुमा बसोबास गर्ने सम्पूर्ण तामाङ तथा गैर-तामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा सक्रिय सहभागिता जनाई गरिमामय उपस्थिति भैईदिन हार्दिक अनुरोध गरेको छ।

अधिवेशनले समुदायभित्रको एकता, सांस्कृतिक पहिचान र सामाजिक योगदानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, समिक्षात्मक छलफल, नेतृत्व हस्तान्तरण लगायतका गतिविधिहरू पनि समावेश हुने आयोजकले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी