नेभिगेशन
कोरिया गतिविधी

१७औं बहुसांस्कृतिक मेला सुवनमा सम्पन्न ; नेपाली संस्कृति भव्य रूपमा प्रस्तुत;फोटो फिचर सहित

दक्षिण कोरिया सुवन- सुवन नगरपालिकाले हरेक वर्ष मे २० मा मनाउने विश्व नागरिक दिवसको अवसरमा यस वर्ष पनि १७औं बहुसांस्कृतिक मेला भव्य रूपमा सम्पन्न गरेको छ।सुवनको बृहत् संगीत मञ्चमा आयोजना गरिएको सो मेला सुवन सिटी र सुवन माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। मेलाको समग्र व्यवस्थापन सुवन माइग्रेन्ट सेन्टरले गरेको थियो।

बिभिन्न देशहरूको उत्साहजनक सहभागिता रहको उक्त मेलामा करिब ५,००० जना कोरियाली तथा विदेशी नागरिकहरू सहभागी भएका थिए।कार्यक्रमको सुरुवातमा १०० जना विदेशी नागरिकहरूले आ-आफ्ना परम्परागत पोशाकमा सजिएर झण्डा परेड प्रस्तुत गरेका थिए।नेपालको तर्फ बाट पनि सहभागी १० जना प्रतिनिधिहरूले नेपाली झण्डा बोकेर परेडमा सहभागिता जनाए, जसले नेपालको सांस्कृतिक पहिचानलाई गौरवपूर्ण रूपमा प्रस्तुत गर्‍यो।

नेपाली संस्कृति ,नृत्य, नेपाली स्वादका खाना र सहभागिता ;कार्यक्रमको मुख्य मञ्चमा नेपाली परम्परागत नृत्य प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूको विशेष ध्यान खिच्यो।खाद्य स्टलतर्फ, सेलरोटी, अचारजस्ता नेपाली परिकारहरू राखिएका थिए  जसले  राष्ट्रियताका सहभागीहरूको चाख र प्रशंसा प्राप्त गर्‍यो।करिब ५०० जना नेपालीहरूको सक्रिय सहभागिताले नेपाली समुदायको उपस्थिति विशेष देखिएको थियो।

अन्य मुख्य आकर्षणहरू; ह्यापी स्टार्ट कोरसले आरिराङ मोमोक कोरियाली लोकधुनमा मधुर प्रस्तुति दिए।JAS बाल गायक समूह सँगै भाग्यको झोला बाँड्ने कार्यक्रमले दर्शकमा उत्साह थप्यो विभिन्न देशका आप्रवासीहरूले सांस्कृतिक प्रस्तुति दिँदै अन्तरसंवाद र मेलमिलापको भावना उजागर गरे।

सम्मान र समापन समारोह:,समारोहको क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका ११ जना आप्रवासीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।साथै विभिन्न देशका खाना र संस्कृति अनुभव गर्न सकिने स्टलहरू पनि आकर्षणको केन्द्र बने।

सुवन मेयरको सन्देश; सुवन सिटीका मेयर लि जाएजुनले कार्यक्रममा मन्तव्य दिँदै भने बहुसांस्कृतिक एक परिवार उत्सवले निर्माण गरेको संवाद र एकताको भावना हाम्रो दैनिक जीवनमा पनि कायम रहोस् भनेर हामी निरन्तर प्रयास गर्नेछौं।“आजको यो सहकार्य र अनुभव आपसी समझदारी र समावेशी समुदाय निर्माणमा महत्वपूर्ण हुनेमा हामी विश्वस्त छौं।उहाँले थपे

att.YfPlSLRwk8m5r6tPNtWmr7Dtsduik5im-BjlM9BW-fs-1747574220.JPGIMG_6732-1747574335.jpgIMG_6697-1747574553.jpgIMG_6724-1747574614.jpgIMG_6730-1747574840.jpgIMG_6728-1747573870.jpgIMG_6723-1747575575.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी