नेभिगेशन
कोरिया गतिविधी

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिख किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट ” आयोजना गर्ने

दक्षिण कोरिया,बुसान

नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ,नेपाली उत्पादन बस्तुलाई अंतरास्ट्रीयकरण गरौ।भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिख ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको छ।

होली ईभेन्टमा विभिन्न नेपाली खाना,बैङक, रेमिटेन्स ,ईलेक्ट्रोनिक स्टलहरु रहने छ ,साथै स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिका साथ ननस्टप डिजे सँग झुम्न सकिने छ। मनोरञ्जनको लागि विभिन्न खेलहरु खेलाई पुरुस्कारहरुको समेत व्यवस्था गरिएको इन्भेन्ट  संयोजक मिनु मोक्तानले बताएका छन्। कोरियाको दोस्रो ठूलो शहर बुसानमा पहिलो चोटी होली ईभेन्ट कार्यक्रम गर्न लागिएको र विदेशी भूमिमा यस्ता खालका कार्यक्रमहरु आयोजना गर्न पाउँदा अलि  धेरै नै उत्साहित र गौरम्वित महसुस गरिरहेको मोक्तानले बताए।

होली ईभेन्ट बुसानको 경상남도 김해시 동상동 시장 को भव्य पार्कमा आउँदो मार्च २४ तारिख बिहान ११:०० बजे देखि ५:०० बजे सम्मा हुने साथै इभेन्टमा प्रवेश शुल्क १ मान वोन तोकिएको र साथमा १ होली टी-शर्ट फ्री दिने पनि आयोजकले जानकारी दिएका छन्।

यदि होली ईभेन्टमा विभिन्न व्यवसायहरु गर्न स्टल राख्न चहानुहुन्छ भने निम्न नम्बरहरुमा 010-9536-8458,010-7600-2013,010-2664-6728,010-8378-9566 सम्पर्क गरी बुकिङ गर्न सकिने आयोजकले जनाएका छन्।

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले नेपाल लगायत कोरियामा नेपाली चलचित्र होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो। होली ईभेन्ट लगतै रामबाबु गुरुङ द्वारा निर्देशित नेपाली चलचित्र डिग्री माइला कोरियाका लागि अफिसियल राइट्स लिएर बुकिङ खुल्ला गरे संगै बुकिङ अक्रमक तरिकाले प्राय कोरियाको सो हरु बिक्री भैसकेको र अब केही सिटीहरुमा बाँकी रहेको बितरक राम बहादुर तामाङले बताएका छन। चलचित्र यही आउँदो बैशाख १गते बाट नेपाल लगायत कोरियामा एकै साथ प्रदर्शनमा आउने भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी