नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियाको राजधानी सिओलमा मल्टिप्लेक्स हलमा दयाहाङ राईको फिल्म “दिमाख खराब ” प्रदर्शन हुँदै

जनआवाज , दक्षिण कोरिया - सउल दक्षिण कोरिया , दक्षिण कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित मल्टिप्लेक्स हलमा नोभेम्बेर १९ दयाहाङ राई अभिनित चलचित्र “ दिमाख खराब” प्रदर्शन हुने भएको छ ।

लुट जस्तो सफल चलचित्र निर्देशन गरेको निश्चल बस्नेतले पुन चर्चित कलाकारहरुको साथमा निर्देशन गरेको चलचित्र दिमाख खराबले पनि त्यही लयलाई समात्ने अपेक्षा गरिएको छ । यस चलचित्रमा पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका रहेको छ ।

सोलुखुम्बु जिल्ला भित्रको दुर्गम क्षेत्रको विद्यालयलाई शैक्षिक सामाग्री सहयो गर्ने उदेश्यका साथ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले उक्त फिल्म प्रदर्शन गर्न लागेको हो । सबै नेपालीहरुलाई पायक पर्ने स्थान दोङ्देमुनको नजिकै ट्रेन लाईन न:-१ को 13,14 बाट निस्कम्ने अथवा २,४,५ वाट समेत आउन सकिने छ । दोङदेमुन बाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडी) कोरियाको सुबिधा युक्त मल्टिप्लेक्स हल (MEGA BOX HD मा) प्रदर्शन गर्ने तयारी गरिएको आयोजक ले जनाएको छ ।

नेपाली चलचित्रलाई माया गर्ने दर्शकदीर्घहरुलाई नेपालीहरुको माहन पर्व शुभ दिपावलिको अवसरमा बहुप्रतिक्षित फिल्म "दिमाख खराब "हेर्न सम्पूर्णलाई फिल्म हेरेर मनोरञ्जन लिनु हुनका साथै सामाजिक अभियानमा जोडिनु हुन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको तर्फ बाट अध्यक्ष राजु राईले कोरिया वासी सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नु भएकोछ।

सउल शोको बारेमा : EXIT 13,14 गेट (चलचित्र हेर्न जाने ठाउँ जाने तरिका : ट्रेन लाईन २,४,५ को अथवा ट्रेन १, ४ को) [बाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी