नेभिगेशन
कोरिया गतिविधी

कोरियामा ‘सिनबुक युनाइटेड एफसी’को तेस्रो फुटबल प्रतियोगिता अक्टोबर ४ मा, विजेतालाई ३० लाख वन

दक्षिण कोरिया। दक्षिण कोरियामा सक्रिय नेपाली फुटबल क्लब सिनबुक युनाइटेड एफसी (Sinbuk United FC) ले आफ्नो तेस्रो फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता २०२६ अक्टोबर ४, आइतबार दक्षिण कोरियाको पोछन फुटबल पार्क (포천축구공원 / Pocheon Football Park) मा आयोजना हुनेछ। प्रतियोगितामा आयोजकबाहेक २० टोलीलाई सहभागिताको अवसर दिइने जनाइएको छ।

प्रतियोगिताको प्रवेश शुल्क ३ लाख ५० हजार वन तोकिएको छ। विजेता टोलीले ३० लाख वन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १५ लाख वन प्राप्त गर्नेछ।

त्यस्तै व्यक्तिगत विधातर्फ MVP लाई १ लाख वन, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही ५० हजार वन सहित प्रमाणपत्र तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

“One Team, One Family, One Dream” तथा “Together We Play Stronger” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने टोलीलाई समयमै आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ।

टोली दर्ता तथा थप जानकारीका लागि शक्ति लामा (010-3954-1542), सुक मगर (010-3488-8703) र रोशन तामाङ (010-6469-9902) लाई सम्पर्क गर्न सकिनेछ।

5F993252-AC2F-4F72-8568-4BC991AB8379-1789481639.PNG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी