नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा ‘३२ औँ विश्व आदिवासी दिवस एवं नेपाल महोत्सव–२, २०२६’ आयोजना हुँदै

सियोल। दक्षिण कोरियामा रहेका नेपाली आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘३२ औँ विश्व आदिवासी दिवस एवं नेपाल महोत्सव–२, २०२६’ आयोजना हुने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), गणतन्त्र कोरिया परिवार को आयोजनामा हुने उक्त विशेष सांस्कृतिक कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) बिहान ११:३० बजेदेखि साँझ ६:०० बजेसम्म सियोलको 종로구 종로 386 (동묘) मा सञ्चालन हुनेछ।

कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजातिको मौलिक संस्कृति, परम्परागत नृत्य, गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने विविध कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, विभिन्न सामाजिक संघ–संस्था, बुद्धिजीवी, पत्रकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई विश्व आदिवासी दिवसलाई भव्य रूपमा सफल बनाउन हार्दिक आग्रह गरेको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ०१०-९००५-३७८६ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी