नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा बडीबिल्डिङको फर्स्ट टाइमर उपाधि जित्न सफल दीपक आले

सियोल – दक्षिण कोरियामा आयोजित प्रतिष्ठित ICN National League 2026 अन्तर्गत बडीबिल्डिङ फर्स्ट टाइमर (First Timer) विधामा नेपाली खेलाडी दीपक आले ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान (Gold Title) हासिल गर्न सफल भएका छन्।

सियोल नेशनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (SeoulTech) मा आयोजित प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा दीपक आलेले आफ्नो उत्कृष्ट शारीरिक बनावट, प्रस्तुति र मेहनतका आधारमा निर्णायकहरूको मन जित्दै उपाधि हात पारेका हुन्।

d9ee0e088a2377d72fa388319d66b7a9-1783133862.jpg
उनको यस सफलताले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई गौरवान्वित बनाएको छ भने अन्तर्राष्ट्रिय बडीबिल्डिङ क्षेत्रमा नेपाली खेलाडीको क्षमता पनि थप स्थापित गरेको छ।

न्यूज किनारा परिवारको तर्फबाट बडीबिल्डिङको फर्स्ट टाइमर उपाधि जित्न सफल दीपक आलेलाई हार्दिक बधाई तथा आगामी सफल यात्राका लागि शुभकामना। 🇳🇵🏆💪

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी