नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा भोलि हुँदैछ ICN National League 2026, नेपाली खेलाडी दीपक आले पनि प्रतिस्पर्धामा

सियोल – दक्षिण कोरियाको प्रतिष्ठित राष्ट्रिय बडीबिल्डिङ तथा फिटनेस प्रतियोगिता ICN National League 2026 भोलि (जुलाई ४, शनिबार) सियोल नेशनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (SeoulTech) मा आयोजना हुँदैछ।

प्राकृतिक (डोपिङ रहित) प्रतिस्पर्धा र निष्पक्ष निर्णायक प्रणालीका लागि परिचित यस प्रतियोगितामा दक्षिण कोरियाका साथै विभिन्न देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले ICN Pro Card प्राप्त गर्ने अवसर पनि पाउनेछन्।

यस वर्षको प्रतियोगितामा नेपालका प्रतिभाशाली बडीबिल्डर दीपक आले ले पनि सहभागिता जनाउँदैछन्। उनले प्रतियोगिताको तयारी पूरा गरी उत्कृष्ट प्रदर्शनका लागि अन्तिम तयारी गरिरहेका छन्।

IMG_2014-1783072290.JPG
दक्षिण कोरियामा रहेका नेपाली समुदायले पनि दीपक आलेको सहभागितालाई विशेष चासोका साथ हेरेका छन्। प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ।

 

न्यूज किनारा परिवारको तर्फबाट नेपाली खेलाडी दीपक आलेलाई हार्दिक शुभकामना।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी