नेभिगेशन
कोरिया गतिविधी

पहिलो पोखरा फुटसल कप २०२६ को तयारी तीव्र, टिम दर्ताका लागि अब ३ दिन मात्र बाँकी

दक्षिण कोरिया, कास्की एफसीको आयोजनामा तथा कास्की परिवार दक्षिण कोरियाको सहकार्यमा हुन गइरहेको “प्रथम पोखरा फुटसल कप २०२६” को तयारी तीव्र पारिएको छ। आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गर्दै अब टिम दर्ताका लागि ३ दिन मात्र बाँकी रहेको जनाएको छ।

आगामी जुन १४, २०२६ (आइतबार) हुने प्रतियोगिता छोनान सिटी (천안시 동남구 신방동 645-1) स्थित म्याचअप फुटसल फिल्डमा आयोजना गरिनेछ।

प्रतियोगिताको विजेताले ३५ लाख वन, उपविजेताले २० लाख वन तथा सेमिफाइनलिस्ट टोलीहरूले ४ लाख वन पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको नारा “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, खेलकुद भावना र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरूले ३ लाख ५० हजार वन प्रवेश शुल्क बुझाई समयमै दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्। आयोजकले सीमित टिम सहभागिता रहने भएकाले ढिलाइ नगर्न अनुरोध गरेको छ।

#PokharaFutsalCup2026 #KaskiFamilyKorea #KaskiFC #NepaliFootballKorea #SportsNews #NewsKinara

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी