नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा ‘खुल्ला लोकदोहोरी प्रतियोगिता २०२६’ आयोजना हुने !तयारी तीव्र

‘खुल्ला लोकदोहोरी प्रतियोगिता

दक्षिण कोरिया,नेपाल गोर्खा परिवार, दक्षिण कोरियाको आयोजनामा आगामी अगस्ट १६ तारिख ‘खुल्ला लोकदोहोरी प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। जिल्लाको विकट शैक्षिक संस्थाहरूमा शैक्षिक सामग्री सहयोगार्थ आयोजना गरिन लागिएको उक्त कार्यक्रममा चर्चित कलाकार दिनेश थापा र सूर्य खड्का विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

कार्यक्रम 평택 स्थित निरमाया दोहोरी साँझको हलमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ८००,००० वन, ४००,००० वन र ३००,००० वन नगद पुरस्कार प्रदान गरिनेछ भने दोहोरी टिम दर्ता शुल्क ५०,००० वन र प्रवेश शुल्क ३५,००० वन निर्धारण गरिएको छ।

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरिया, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सहकार्य रहेको उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

1c05a9a6899fd6278ebb2958daa99cc8-1780132370.JPEG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी