नेभिगेशन
कोरिया गतिविधी

सियोलमा “Lotus Lantern Festival” भव्य रूपमा हुँदै, नेपाली समुदायको सक्रिय सहभागिता रहने

शान्ति, करुणा र सहिष्णुताको सन्देश फैलाऔं—नेपालको गौरव विश्वसामु उजागर गरौँ।

दक्षिण कोरिया,

दक्षिण कोरियाको राजधानी सियोलमा आगामी मे १६–१७, २०२६ मा विश्वप्रसिद्ध Lotus Lantern Festival (연등회) भव्य रूपमा आयोजना हुने भएको छ। बुद्ध जयन्तीको अवसरमा मनाइने यो उत्सव करिब १,२०० वर्ष पुरानो सांस्कृतिक परम्परा हो र UNESCO को अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समेत सूचीकृत रहेको छ।

यस उत्सवअन्तर्गत सियोलका मुख्य सडकहरूमा हजारौं बत्ती (ल्यान्टर्न) सहित विशाल शान्ति र्‍याली तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसले शान्ति, आशा र एकताको सन्देश फैलाउने गर्दछ।

यसै अवसरमा दक्षिण कोरियामा रहेको नेपाल बौद्ध परिवार ले सन् १९९७ देखि निरन्तर गर्दै आएको आफ्नो सहभागितालाई यस वर्ष पनि निरन्तरता दिँदै “Buddha Was Born in Nepal” भन्ने सन्देश विश्वसामु प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

कार्यक्रम मुख्य विवरण:

  • मे १६ (शनिबार): शान्ति र्‍याली
  • मे १७ (आइतबार): सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी
  • मुख्य स्थानहरू: Dongguk University, Jogyesa मन्दिर वरिपरि तथा Jongno क्षेत्र

आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस विश्व शान्ति र्‍याली तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपालको पहिचान र बुद्धको जन्मभूमिको सन्देश विश्वसामु प्रस्तुत गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी