नेभिगेशन
कोरिया गतिविधी

नेपाली चलचित्र “मितज्यू” दक्षिण कोरियामा प्रदर्शनमा ल्याउने !

सहिद लखन सांस्कृतिक संग्राहालय निर्माणका लागि सहयोग अभियान

दक्षिण कोरिया | समाचारदाता

नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा प्रथम सहिद लखन सांस्कृतिक संग्राहालय भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नेपाली चलचित्र “मितज्यू” दक्षिण कोरियाका विभिन्न सहरहरूमा प्रदर्शनमा ल्याइने भएको छ।

यस सामाजिक अभियानमार्फत संकलित रकम सहिद लखनको स्मृतिमा निर्माण गरिने सांस्कृतिक संग्राहालय भवनमा खर्च गरिने जनाइएको छ। संघले यो अभियानलाई केवल चलचित्र प्रदर्शनमा सीमित नराखी सामाजिक एकता र सहकार्यको उदाहरणको रूपमा अघि बढाएको जनाएको छ।

कार्यक्रम सफल बनाउन कोरियामा रहेका विभिन्न सामाजिक संस्थाहरू, मिडियाकर्मीहरू, व्यवसायीहरू, रेमिटेन्स क्षेत्रमा आबद्ध व्यक्तित्वहरू तथा सम्पूर्ण नेपाली समुदायलाई आफ्नो स्थान र क्षमताअनुसार सहयोग गर्न आग्रह गरिएको छ।

संघका प्रतिनिधिहरूका अनुसार, इच्छुक संघ–संस्था वा व्यक्तिहरूले आफ्नो सहरमा पनि चलचित्र प्रदर्शन गर्न सक्नेछन्। यसका लागि पोस्टरमा उल्लेखित सम्पर्क नम्बरमार्फत समन्वय गर्न अनुरोध गरिएको छ।

यस अभियानबारे थप जानकारी छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

IMG_0897-1775473116.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी