नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति गठन, सर्वसम्मत कार्यसमिति चयन

दक्षिण कोरिया,उज्यालो नेपाल पार्टीलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने उद्देश्यका साथ प्रवास संगठन समिति गठन गरिएको छ। विदेश विभाग सदस्य विक्रम बज्यू तामाङको संयोजनमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

IMG_8659-2-1771853827.JPG
नवगठित समितिको अध्यक्षमा अभिषेक थिङ तामाङ चयन भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा उरुशा शाख, उपाध्यक्षमा शमशेर तामाङ, सचिवमा टीका मोक्तान तामाङ र कोषाध्यक्षमा धुर्व तामाङ चयन भएका छन्।

सदस्यहरूमा प्रकाश तामाङ, सुनिता ब्लोन तामाङ, टासी तामाङ थिङ, राजेश तामाङ, पेम्बा ग्याल्बो तामाङ, सञ्जित तामाङ, सोम योन्जन तामाङ, प्रताप न्यासुर तामाङ, गोपाल स्याङबो तामाङ, मिन आले मगर, रमेश शाक्य, दिल तामाङ, मनिषा तामाङ, राम तामाङ, उपेन्द्र तामाङ, राजन तामाङ, राजकुमार लामा, रूपक तामाङ र अमर लामा चयन भएका छन्।

IMG_4686-4-1771855156.JPG
सो क्रममा मेसेन्जर भिडियो कलमार्फत समितिलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। पार्टीको प्रवास संगठन दक्षिण कोरियामा विस्तार भएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी निर्वाचन नजिकिँदै आएकाले चुनाव केन्द्रित भएर सक्रिय रूपमा काम गर्न निर्देशन समेत दिनुभएको थियो।

कार्यक्रममा सहभागीहरूले एकता, अनुशासन र सकारात्मक सोचसहित संगठनलाई अगाडि बढाउने प्रतिबद्धता जनाउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्यलाई प्राथमिकता दिने बताएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी