नेभिगेशन
कोरिया गतिविधी

तामाङ घेदुङ दक्षिण कोरिया द्वारा कोरियामा रहेका तामाङहरूको तथ्यांक संकलनका लागि वेबसाइट सार्वजनिक

दक्षिण कोरियास्थित नेपाल तामाङ घेदुङले कोरियामा रहेका तामाङ समुदायको तथ्यांक संकलन र व्यवस्थापनका लागि वेबसाइट सञ्चालनमा ल्याएको छ। उक्त वेबसाइटलाई न्यूज किनाराका प्रबन्ध निर्देशक विक्रम बज्यु तामाङले पहिलो सदस्यका रूपमा दर्ता गर्दै उद्घाटन गर्नुभएको हो।

20aa9d43b871044bd97c33d137f2195a-1769784941.JPEG
सदस्य बन्नका लागि, तामाङ घेदुङको वेबसाइट https://tamangghedungkr.com  लिङ्कमा क्लिक गरी, “सदस्य दर्ता” मा क्लिक गरेर आफ्नो सम्पूर्ण विवरण भरी “Submit Registration” मा क्लिक गर्दा सहजै सदस्य बन्न सकिनेछ ।

उक्त वेबसाइटमार्फत कोरियामा रहेका तामाङहरूको व्यक्तिगत विवरण, बसोबास स्थिति, पेशा, सम्पर्क तथा सामाजिक जानकारी सुरक्षित र व्यवस्थित रूपमा संकलन गरिनेछ। यस पहलले भविष्यमा समुदाय केन्द्रित योजना, आपतकालीन सहयोग, सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तामाङ घेदुङका महासचिव अभिषेक थिङ तामाङका  अनुसार, यो वेबसाइट तामाङ समुदायको एकता, पहिचान संरक्षण, र संस्थागत विकासका लागि दीर्घकालीन महत्व राख्नेछ। साथै, कोरियामा रहेका सम्पूर्ण तामाङ समुदायलाई वेबसाइटमा आफ्नो विवरण सहज, सुरक्षित र सत्य रूपमा दर्ता गर्न अनुरोध गरिएको छ।

समुदायको भविष्य निर्माण र सशक्तिकरणका लागि डिजिटल माध्यमको सदुपयोग गर्दै अघि बढाइएको यो पहललाई तामाङ समुदायले राम्रो कामको सुरुवात गरेको बताइएको छ।

IMG_0294-1769785007.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी