नेभिगेशन
कोरिया गतिविधी

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा हुने

दक्षिण कोरिया,हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता”भन्ने मुल नाराका साथ सन् २००६ सालमा स्थापित राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन यहि सेप्टेम्बर ७ मा नेपाल थाईको सभाहलमा हुने भएको छ ।

दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीवासी तथा सम्पुर्ण नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाज दक्षिण कोरियाको छैठौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएको छ।

अव दुई बर्षका लागि सातौं कार्यसमितिको चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष अमृत के सी ले जानकारी दिए।

सन् २००६ मा स्थापित राप्ती समाज दक्षिण कोरिया राप्तीवासीहरुको गौरवशाली सस्थाका रुपमा रहेको कुरा उल्लेख गर्दै राप्ती समाज आफ्नो सातौं अधिवेशनको तयारीमा जुटेको संस्थाका महासचिव बायु पौडेलले बताए ।

उक्त सातौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, राप्ती समाजमा सम्बद्ध संरक्षक,सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु लगायत सम्पुर्ण नेपाली र राप्तीवासीहरुमा राप्ती समाज दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी