नेभिगेशन
कोरिया गतिविधी

नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२औं अधिवेशन २०२५ आयोजना हुँदै

सिओल, दक्षिण कोरिया – नेपाल मगर संघ, गणतन्त्र कोरियाले आगामी २० जुलाई २०२५, आइतबारको दिन कोरियामा आफ्नो १२औं अधिवेशन आयोजना गर्ने घोषणा गरेको छ।

“संसारका मगरहरू एक हौं” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त अधिवेशनमा कोरियामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर समुदायका सदस्यहरू, नेपाली संघसंस्था, पत्रकार, तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम बिहान ११:०० बजे देखि सुरू भई  दोङदेमुन स्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा हुने बताइएको छ।

संघले कोरियामा रहेका मगर समुदायबीच एकता, सहकार्य र सांस्कृतिक जगेर्नालाई अझ मजबुत बनाउने उद्देश्यका साथ अधिवेशन आयोजना गरिएको जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी