नेभिगेशन
कोरिया गतिविधी

रूपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन जुलाई १३ तारिख हुदै -सम्पूर्ण तयारी पूरा

सुवन, दक्षिण कोरिया -रूपन्देही सम्पर्क समिति दक्षिण कोरियाले आगामी जुलाई १३ तारिख , आइतबार आफ्नो आठौं अधिवेशन – २०२५ भव्य रूपमा आयोजना गर्ने तयारी गरेको छ।“प्रवासमा रूपन्देहीवासीहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापना गरिएको समिति सन् २००८ देखि सक्रिय रूपमा नेपाली समुदायको हकहितका लागि काम गर्दै आइरहेको छ।

कार्यक्रम दिउँसो ११:०० बजे देखि सुरु हुनेछ र सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभा हल (सुवन स्टेशन गेट नं. १० नजिक) मा आयोजना गरिनेछ।कोरियाको ठेगाना अनुसार: 경기도 수원시 팔달구 덕영대로 923_10, 108호 मा अधिवेशन सम्पन्न हुनेछ।समितिले दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदाय, विशेषतः रूपन्देही जिल्लाबाट आएका श्रमिक, विद्यार्थी, व्यवसायी तथा अग्रजहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

यस अधिवेशनमा नयाँ कार्यसमिति चयन, विगत वर्षको प्रतिवेदन, आगामी योजना प्रस्तुतिका साथै सांस्कृतिक कार्यक्रम पनि समावेश गरिने अपेक्षा गरिएको छ।

📌 कार्यक्रम विवरण संक्षेपमा:

• मिति: २०८१/०४/१३ (जुलाई २८, २०२५ आइतबार)

• समय: दिउँसो ११:०० बजे

• स्थान: भेटघाट रेस्टुरेन्टको सभा हल (सुवन स्टेशन गेट नं. १० नजिक)

• Korean Address: 경기도 수원시 팔달구 덕영대로 923_10, 108호

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी