नेभिगेशन
कोरिया गतिविधी

एनआरएनए दक्षिण कोरियाको दशौं अधिवेशन जुलाई २६ र २७ मा हुने - तीन सदस्यीय निर्वाचन मण्डल गठन

सउल, दक्षिण कोरिया - गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको दशौं अधिवेशन तथा निर्वाचन यही जुलाई २६ र २७ मा सम्पन्न हुने भएको छ। अधिवेशनअन्तर्गत निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न संघले निर्वाचन मण्डल गठन गरेको छ। निर्वाचन मण्डलमा अनुभव, पेशागत सशक्तता र विश्वासिलो नेतृत्वदायी व्यक्तित्वहरूको समावेश गरिएको छ। संघका वर्तमान सल्लाहकार तथा पुर्व एनआरएन आईसीसी सदस्य लोचन राई निर्वाचन मण्डलको संयोजकमा चयन भएका छन्। निर्वाचन सदस्यका रूपमा सञ्चारकर्मी डा. कमला केसी, र प्रोफेसर डा. बाबु काजी श्रेष्ठ चयन भएका छन्।

निर्वाचन मण्डलले निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन तयारी अघि बढाइसकेको छ। साथै, मण्डलले निर्वाचनमा सहभागी हुन चाहने इच्छुकहरूका लागि पञ्जिकृत सदस्यता फारम समयमै भर्नु हुन आग्रह गरेको छ।

एनआरएनए दक्षिण कोरियाको यो अधिवेशन तथा निर्वाचनले संस्थालाई नयाँ ऊर्जा र नेतृत्व प्रदान गर्नुका साथै प्रवासी नेपाली समुदायको एकता, सहभागिता र प्रतिनिधित्वमा थप सुदृढता ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी