नेभिगेशन
कोरिया गतिविधी

एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष हरि भट्टराईले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

एकता, नेतृत्व र रूपान्तरणको प्रतिबद्धतासहित चुनावी दौडमा

सिओल,दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरि प्रसाद भट्टराईले आगामी १०औं अधिवेशनमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बैंकिङ क्षेत्रका विज्ञ भट्टराईले आफ्नो दीर्घकालीन पेशागत अनुभव र संस्थागत नेतृत्व क्षमतालाई एकीकृत गर्दै एनआरएनएलाई एकजुट, समन्वित र गतिशील बनाउने अठोटसहित चुनावी यात्रा सुरु गरेका हुन्।

दक्षिण कोरियामा विद्यार्थी भिसामा प्रवेश गरेका भट्टराईले त्यहीँको विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेका छन्। विद्यार्थी, श्रमिक तथा पेशाकर्मी समुदायको हकहितमा लामो समयदेखि क्रियाशील उनले सामाजिक र संगठनात्मक क्षेत्रमा सशक्त उपस्थिति बनाएका छन्।

उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरूमा:

• दुई एनआरएनए संरचनालाई सहमति र साझा नेतृत्वमार्फत एक बनाउने

• श्रमिकको हित संरक्षण गर्ने

• सुरक्षित आप्रवासन नीतिको विकास

• रेमिट्यान्सको उत्पादनमुखी सदुपयोग

• प्रवासी लगानीलाई नेपालमा उत्पादनमुखी क्षेत्रमा प्रवाह गर्ने जस्ता विषयहरू समेटिएका छन्।

पूर्वी नेपालका साथै सम्पूर्ण युवाको साथ र समर्थन आफूले प्राप्त गर्नेमा उमेद्वार भट्टराई ढुक्क छन्।जुलाई महिनामा हुन लागेको १०औं अधिवेशनलाई लक्षित गर्दै आएको यो उम्मेदवारीले संस्थाभित्र वैचारिक बहस र नेतृत्व प्रतिस्पर्धामा नयाँ ऊर्जा थपेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी