नेभिगेशन
कोरिया गतिविधी

नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, बिमल तामाङ अध्यक्षमा निर्वाचित

जेजुदो, दक्षिण कोरिया नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन २०२५ मे २५ तारिखका दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बिमल तामाङलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।

नव निर्वाचित पदाधिकारीहरूमा निम्न नामावली रहेका छन्:अध्यक्ष बिमल तामाङ,वरिष्ठ उपाध्यक्ष प्रतिज्ञा लामा,उपाध्यक्ष  गङ्गा ब्लोन,महिला उपाध्यक्ष रिचा ब्लोन तामाङ,महासचिव  प्रतिक तामाङ,सचिव बिमानसिंह तामाङ, सानुमाया तामाङ,कोषाध्यक्ष बिन्दार ब्लोन तामाङ,सह-कोषाध्यक्ष युनिम तामाङ,सदस्यहरू सन्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ,ममता मोक्तान, सन लामा, पुजा ब्लोन,सबिता तामाङ, गोविन तामाङ निर्वाचित गरिएको छ

कार्यक्रममा उपस्थित अतिथिगण हरुले  अध्यक्ष सहित सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

त्यस्तै, संस्थाका संस्थापक अध्यक्ष अनिता रुम्बालाई संस्थाको प्रारम्भिक चरणमा पुर्‍याउनुभएको योगदानको कदर एवंम सम्मान प्रदान गरिएको छ।त्यसैगरी, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु भएकी पूर्व अध्यक्ष सुनिता ब्लोन लाई पनि विशेष धन्यवाद दिइएको छ।

नेपाल तामाङ घेदुङ जेजुदो शाखाले जेजुदो कोरियामा रहेका तामाङ समुदायको हक, हित, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी