नेभिगेशन
कोरिया गतिविधी

‘नरसिंह अवतार’ कोरियामा छिट्टै प्रदर्शन हुँदै, महानायक राजेश हमालको दमदार अभिनय

सोल, दक्षिण कोरिया – नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘नरसिंह: अवतार’ अब छिट्टै दक्षिण कोरियाका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ।

 पोस्टरमा फिल्मको भव्यता झल्किएको छ। हिन्दु पुराणमा आधारित यो फिल्ममा हमालले पौराणिक र आधुनिक पात्रको संयोजनमा दमदार अभिनय प्रस्तुत गरेका छन्।

IMG_6789-1748000851.JPG
चलचित्र मे ३ तारिख नेपालमा रिलिज भइसकेको छ भने कोरियाली प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने जानकारी आयोजकहरूबाट प्राप्त भएको छ।

फिल्मको निर्देशन दिवाकर भट्टराईले गरेका छन् भने निर्माण क्रिएटिभ सिने आर्ट्स प्रा.लि. ले गरेको हो। प्रस्तुतिमा न्यूज किनारा लगायत विभिन्न संस्थाहरूको सहयोग रहेको छ।

कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दर्शकहरूलाई फिल्म हेरेर नेपाली कला, संस्कृति र अभिनयको उच्च स्तर अनुभव गर्न आयोजकले अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी