नेभिगेशन
कोरिया गतिविधी

तमु धीं बुसान शाखाको चौथो अधिवेशन मे २५ मा हुँदै, सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा

बुसान, दक्षिण कोरिया – तमु धीं दक्षिण कोरिया ख्यङसाङ्नाम्दो बुसान शाखाले आफ्नो चौथो अधिवेशन यही २०२५ मे २५ गते, आइतबारका दिन आयोजना गर्ने भएको छ।

उक्त अधिवेशन ग्यङनाम, किम्हेस्थित न्यू लिटिल रेष्टुरेन्ट (२ तल्ला) मा आयोजना गरिनेछ। कार्यक्रम ठीक बिहान ११:०० बजे सुरु हुनेछ।

तमु धीं बुसान शाखाले विदेशमा रहेका नेपाली, विशेषतः गुरुङ समुदायबीच आपसी एकता, भाषा-संस्कृति संरक्षण तथा सामाजिक समृद्धिको उद्देश्यले निरन्तर रूपमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ।

संस्थाले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो संस्कृति र पहिचानलाई साथ दिन हार्दिक निमन्त्रणा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी