नेभिगेशन
कोरिया गतिविधी

कोरियामा नानुम लोट्टो परि हाल्यो भने के गर्ने होला भनेर चिन्ता नमान्नुहोस्

आज म तपाईँलाई  कोरियामा नानुम लोट्टो परेपछि कहाँ र कसरी पुरस्कार रकम बुझ्ने भन्ने विषयमा विस्तृत जानकारी दिन गइरहेको छु।

👉पहिलो पुरस्कार (1등)

1. आफ्नो नाममा रहेको परिचयपत्र लिएर जानु पर्ने हुन्छ ।द. कोरियामा जारी गरिएको परिचयपत्र (Alien Card), ड्राइभर लाइसेन्स वा अन्य सरकारी प्रमाणित कागजात अनिवार्य रूपमा आवश्यक हुन्छ।

2. NH बैंकको मुख्य कार्यालयमा जानु पर्छ । (सउल, जुंगगु) पहिलो पुरस्कार सउलस्थित मुख्य कार्यालयबाट मात्र बुझ्न सकिन्छ।

3. दावी फारम भर्नपर्छ ।परिचय प्रमाणित गरेपछि पुरस्कार दावी फारम भर्नुपर्छ।

4. स्वचालित कर कटौती हुन्छ**3 अक वन (3 करोड नेपाली)  → 22% कर **3 अक वन (3 करोड नेपाली) भन्दा बढी → 33% कर

5. रकम खातामा जम्मा वा चेकमार्फत बुझ्न सकिन्छ आफ्नो निजी बैंक खातामा जम्मा गराउन सकिन्छ वा चेकमार्फत रकम प्राप्त गर्न सकिन्छ।

👉NH बैंक मुख्य कार्यालयको ठेगाना:,서울시 중구 통일로 120, NH농협은행 본점

#चौथो पुरस्कार (50,000 वन) · पाँचौं पुरस्कार (5,000 वन)

1. सानो रकम भएकाले परिचयपत्र बिना नै बुझ्न सकिन्छ।

2. नजिकको लोत्तो बिक्री केन्द्रबाट तुरुन्तै नगदमा बुझ्न सकिन्छ

या त लोत्तो किनिएको पसलमै, वा इन्टरनेटमार्फत पनि दाबी गर्न सकिन्छ।

 

👉 दोस्रो र तेस्रो पुरस्कार (20 लाखवन भन्दा बढी): देशभरका NH बैंक शाखामा पनि बुझ्न सकिन्छ (परिचयपत्र लिएर)।दोस्रो र तेस्रो पुरस्कार (20 लाखवन भन्दा कम): नजिकको NH बैंकमा बुझ्न सकिन्छ।

👉 पुरस्कार बुझ्ने समय सीमा

नतिजा प्रकाशित भएको मितिले १ वर्षभित्र पुरस्कार दाबी गर्नुपर्छ। समय नाघेमा पुरस्कार स्वतः अमान्य हुन्छ।

👉ठूलो पुरस्कार जित्दा ध्यान दिनुपर्ने कुराहरू कसैलाई जानकारी नदिई शान्त र योजनाबद्ध रूपमा कदम चाल्नुपर्ने हुन्छ।कर वा वित्तीय कानुनी सल्लाहकारसँग परामर्श गर्नुहोस्।***NH बैंकबाट गोप्य रूपमा पनि रकम बुझ्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी