नेभिगेशन
नेपाल गतिविधी

दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा पाँचथरमा शैक्षिक सामग्री वितरण

विद्यार्थीको हातमा खुशी—दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा सहयोग

दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा  “पाँचथरमा शैक्षिक सामग्री वितरण संगै विद्यार्थीहरुको अनुहारमा र हातमा खुशी छाएका छन् । 

दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाले निरन्तर गर्दै आएको“एकै मन, एकै आवाज—समाजको लागि समाज सँगै”धार्मिक/सांस्कृतिक भावना अनुकूल सामाजिक अभियानअन्तर्गत दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाले निरन्तर गर्दै आएको समाजसेवा कार्यक्रम अन्तर्गत हालै पाँचथरको फाल्गुनन्द–३, पद्मस्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

समाजका अध्यक्ष नन्दकुमार तामाङका अनुसार विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा निम्न आय भएका १५ जना विद्यार्थीलाई विद्यालय पोसाक र झोला (ब्याग) प्रदान गरिएको हो। समाजले उक्त सहयोगले विद्यार्थीहरूको पढाइमा थप सहजता र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि संस्थाले बाढीपीडित समुदायमा पुगेर १५ घरधुरीलाई खाद्यान्न वितरण गरी तत्कालीन संकटमा सहयोग पुर्‍याएको थियो।

अध्यक्ष तामाङका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वपरक कार्यक्रम निरन्तर रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। साथै, फाल्गुनन्द–३ क्षेत्रभित्र आर्थिक अभावका कारण विद्यालय जान नसकिरहेका बालबालिकाको जानकारी भएमा  समाजले यस्ता बालबालिकालाई आवश्यक राहत तथा शैक्षिक सहयोग उपलब्ध गराइने जनाएको छ।

IMG_9390-1765448356.JPG
“एकै मन, एकै आवाज—समाजको लागि समाज सँगै” भन्ने मूल नारा बोकेर दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरिया २०२५ मा स्थापना भएको छोटो समयमै सामाजिक कार्यहरूमा अग्रपंक्तीमा देख्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी