नेभिगेशन
नेपाल गतिविधी

पहिरो चल्दा चाहिने, संकट टर्दा हराउने: कहिले बन्ला भिमफेदी-कुलेखानी दिगो राजमार्ग?

काठमाडौँ । बर्खायाम सुरु भएसँगै पहिरोका कारण नागढुङ्गा-मुग्लिन र बीपी राजमार्ग जस्ता मुख्य सडकहरू बारम्बार ठप्प हुने गरेका छन्। यस्तो संकटको समयमा संघीय राजधानी काठमाडौँलाई तराईसँग जोड्ने र तिनको 'लाइफलाइन' बन्ने एउटै मात्र भरपर्दो विकल्प त्रिभुवन राजपथ र हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्ड हुने गरेको छ।

तर, ठूलो विपत्ति आउँदा र अन्य नाका बन्द हुँदा मात्र राज्यले यो ऐतिहासिक मार्गलाई सम्झिने गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा आशिष अस्लामीले संकट टरेपछि न त संघीय सरकारको ध्यान यसतर्फ जाने, न त बागमती प्रदेश सरकारको बजेट प्राथमिकतामा नै पर्ने प्रवृत्ति रहेको औंल्याउनुभएको छ।

वर्षौंदेखि स्तरोन्नति, साँघुरा घुम्ती सुधार र दिगो मर्मतको पर्खाइमा रहेको यो सडकलाई सामान्य अवस्थामा उपेक्षा गरिने गरिएको छ। राजधानीलाई बाह्रैमास सहज रूपमा जोडिराख्न र यसलाई 'संकटको साथी' मात्र सीमित नगरी सुरक्षित राजमार्गका रूपमा विकास गर्न संघीय र प्रदेश सरकारले बेलैमा पर्याप्त बजेट विनियोजन गरी स्थायी सुधार गर्नुपर्ने माग उठेको छ।

c4fe9f99-aacb-49b7-94ca-c37d97721b59-1788425474.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी