नेभिगेशन
नेपाल गतिविधी

भीमफेदीको भविष्य र जनसुरक्षाका लागि आशिष अस्लामीको जिम्मेवार खबरदारी

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने मुख्य ‘लाइफलाइन’ सडकखण्डको नाजुक अवस्था र सडकमा हालै देखिएको अवाञ्छित लफडाप्रति भीमफेदीका जुझारु, लोकप्रिय युवा आशिष अस्लामीले गम्भीर चिन्ता व्यक्त गर्दै जिम्मेवार खबरदारी गरेका छन् । हालै माननीय सांसद प्रकाश गौतम र सवारी चालक र सर्वसाधारणबीच सडकमै भएको विवाद र प्रहरी परिचालन गरी स्थिति उत्पन्न गराइएको घटनाप्रति प्रतिक्रिया जनाउँदै अस्लामीले व्यक्तिगत इगोभन्दा माथि उठेर क्षेत्रको भविष्य र जनसुरक्षाका लागि समर्पित हुन जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।

मकवानपुरबाट १ बाट निर्वाचित साँसद गौतमलाई अस्लामीले सत्ताको तुजुक नदेखाई सडकको भाग्य बदल्ने स्पष्ट दृष्टिकोण र आँट देखाउन आह्वान गरेका छन् । सडकमै गाडी तेर्स्याएर सर्वसाधारणलाई सास्ती दिने र थुनाउन प्रहरी बोलाउनेसम्मको शक्ति प्रदर्शन गर्नुको साटो संसद् र मन्त्रालयमा हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाण्डौं सडकको सुधारमा ठोस योजना तेर्स्याएर आफ्नो माननीय पदको गरिमा जोगाउन उनले परिपक्व राजनीतिक चेतका साथ सुझाव दिएका छन् । जनताले सामाजिक सञ्जाल वा फेसबुकका विवादित भिडियोमा होइन, सडक र गाउँको वास्तविक विकासमा नतिजामुखी काम हेर्न चाहेको कुरा पनि उनले स्पष्ट पारेका छन् ।

रसुवा बाढीका कारण मुग्लिन सडकको निरन्तर अवरोधपछि हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं खण्डमा सवारीको चाप अत्यधिक बढेको र पूर्वाधार अभावका कारण यो बाटो मृत्युमार्गु जस्तै बन्दै गएकोप्रति अस्लामीले दूरदर्शी समाधानका उपायहरू समेत प्रस्तुत गरेका छन् । उनले भैंसे–भीमफेदी–कुलेखानी सडकखण्डलाई तत्काल दुई लेनमा विस्तार गर्न, जुर्खेत खण्डमा आवश्यकता अनुसार ट्र्याक परिवर्तन गर्न, दुर्घटना जोखिम क्षेत्रको नक्सांकन गरी पहिरो रोकथामका स्थायी उपाय अपनाउन र व्यवस्थित पार्किङ स्थल निर्माण गर्न सरकार सँग पहल कदमी लिन साँसद गौतमलाई माग गरेका छन् । घटनाको लहडमा नबगी समस्याको मूल जड पहिल्याउँदै अस्लामीले देखाएको यो सुझबुझ र जिम्मेवार नेतृत्वदायी अग्रसरतापछि स्थानीय तहमा अबको दूरदर्शी र संयमित नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा आम नागरिकबीच सकारात्मक चर्चा र विश्वास बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी