नेभिगेशन
नेपाल गतिविधी

धादिङकी सविता तामाङ बनिन् ‘Miss Mhendomaya Beauty Queen 2026’

जेनिशा तामाङ फर्स्ट रनरअप, पूर्णिमा घलान सेकेन्ड रनरअप र रचना तामाङ थर्ड रनरअप घोषित भए।

काठमाडौं। बीएसके एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को आयोजनामा ‘Miss Mhendomaya Beauty Queen 2026’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बालाजुस्थित अनुपम पार्टी भेन्यूमा आइतबार आयोजित प्रतियोगितामा धादिङको रुबीभ्याली गाउँपालिकाकी सविता तामाङ विजेता घोषित भइ मुख्य उपाधि जित्न सफल भएकी छन्।

काठमाडौंमा सम्पन्न भव्य प्रतियोगितामा जेनिशा तामाङ फर्स्ट रनरअप, पूर्णिमा घलान सेकेन्ड रनरअप र रचना तामाङ थर्ड रनरअप घोषित भए।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य, पूर्व उपसभामुख तथा पूर्व मन्त्री राधिका तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सभाध्यक्ष पासाङ लामा तथा आयोजक अध्यक्ष सूर्य मम्बा तामाङको नेतृत्वमा सम्पन्न कार्यक्रममा तामाङ समुदायको भाषा, कला, संस्कृति र व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा नुवाकोटको किस्पाङ गाउँपालिकाकी जेनिशा तामाङ First Runner-up, नुवाकोटकै लिखु गाउँपालिकाकी पूर्णिमा घलान तामाङ Second Runner-up तथा धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी रचना तामाङ Third Runner-up घोषित भएका छन्।

IMG_2053-1783334103.JPG
प्रतियोगितामा १६ वटा विभिन्न सब–टाइटल अवार्ड पनि प्रदान गरिएको थियो। विजेता तथा सहभागीहरूले व्यक्तित्व, प्रतिभा, अनुशासन, आत्मविश्वास, फोटोजेनिक, पब्लिक च्वाइस, भ्युअर च्वाइसलगायत विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्दै सम्मान प्राप्त गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा म्हेन्दोमाया गायक सागर एस. वाईबा, निर्देशक राज किङ वाईबा, अभिनेत्री चाँदनी मोक्तान तथा गायक लेक योञ्जान रहेका थिए। नृत्य निर्देशन एम.बी. गुरुङ, ग्रुमिङ कोच रोजिन शाक्य तथा कार्यक्रम व्यवस्थापन बिक्रम लामाले सम्हालेका थिए।

IMG_2052-1783334103.JPG
समारोहमा पूर्व मन्त्री परशुराम तामाङ, किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामा, विभिन्न सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी, खेलकुदकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा सभाध्यक्ष पासाङ लामा र आयोजक अध्यक्ष सूर्य मम्बा तामाङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, प्रायोजक, कलाकार, सञ्चारकर्मी र दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्|

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी