नेभिगेशन
मनोरञ्जन

जिन्छनमा ‘महाभोज’ नेपाली चलचित्रको विशेष शो हुने

५ जुलाई, २०२५ मा मेगाबक्स हलमा प्रदर्शन, नेपाली समुदायको ठूलो सहभागिताको अपेक्षा

जिन्छन, दक्षिण कोरिया – नेपाली चर्चित चलचित्र ‘महाभोज’ को विशेष रात्री शो आगामी ५ जुलाई २०२५, शनिबारका दिन दक्षिण कोरियाको जिन्छन  बस टर्मिनलस्थित MEGABOX हलमा प्रदर्शन हुने भएको छ।

चलचित्र प्रदर्शन बेलुका ७:०० बजे सुरु हुनेछ भने प्रवेश शुल्क २५,००० कोरियन वोन तोकिएको छ। कार्यक्रमले कोरियामा बसोबास गरिरहेका नेपालीहरूका लागि मनोरञ्जन र सांस्कृतिक पुनःसम्पर्कको अवसर दिने उद्देश्य राखेको  सञ्चालक संगम राना मगरले  न्यूज किनारालाई बताउनु भयो |

निर्देशक दिनेश राउत र निर्माता हिमाल  द्वारा निर्मित‘महाभोज’ नेपाली समाजमा फैलिएको सहकारी संकट तथा पीडितको कथावस्तु राजनीतिक भ्रष्टाचार,अहिलेको विकराल समस्यामा आधारित तातो घटना-परिघटनाको कथामा  बोल्ने  वर्गीय विभाजन र सामाजिक अन्यायमाथि आधारित कथामा निर्मित चलचित्र हो। यस चलचित्रका प्रमुख कलाकार दयाहाङ राई,आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ।

कार्यक्रममा तमु धीं कोरिया, यार्सा परिवार, पोखरा रेस्टुरेन्ट लगायत विभिन्न संघसंस्था तथा व्यवसायिक साझेदारहरूको सहयोग रहेको छ। कार्यक्रम आयोजकहरूले जिन्छन तथा आसपास क्षेत्रका नेपालीहरूलाई समयमै सम्पर्क गरी टिकट सुनिश्चित गर्न आग्रह गरेका छन्।

📞 सम्पर्क:

• तेज: 010-8263-5223

• संगम: 010-5957-1497

• जाभी: 010-4197-9501

• बिकल: 010-3922-1700

• ज्ञानु: 010-3080-8862

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन