नेभिगेशन
मनोरञ्जन

चलचित्र महाभोज 'छोनन् शो' जुलाई २० मा’विशेष प्रदर्शन हुँदै

SUWON NFC को आयोजनामा प्रदर्शन हुँदै

कोरिया,SUWON NFC को आयोजनामा, बहुप्रतिक्षित नेपाली सामाजिक चलचित्र “महाभोज” को विशेष प्रदर्शन कार्यक्रम  छोनन् सहरमा हुने भएको छ।

चलचित्र सनमुन विश्वविद्यालयको मानव शास्त्रको बिल्डिङको हलमा  (선문대학교 인문관 B101호 (Sunmoon University, Humanities Building Room B101) प्रदर्शन गरिने भएको छ। भने टिकट मूल्य २०,००० वोन तोकिएको छ।

ea6366ede8deb2ec6b788ec2e4edd109-1752745691.JPEG
निर्देशक दिनेश राउत र निर्माता हिमाल  द्वारा निर्मित ‘महाभोज’ नेपाली समाजमा फैलिएको सहकारी संकट तथा पीडितको कथावस्तु राजनीतिक भ्रष्टाचार,अहिलेको विकराल समस्यामा आधारित तातो घटना-परिघटनाको कथामा  बोल्ने  वर्गीय विभाजन र सामाजिक अन्यायमाथि आधारित कथामा निर्मित चलचित्र हो। यस चलचित्रका प्रमुख कलाकार दयाहाङ राई,आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ।

कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली भाषा, संस्कृति र समाज झल्काउने यस गम्भीर चलचित्र हेर्नका लागि उपस्थित भई कार्यक्रमलाई सफल पार्न आयोजक टोलीले हार्दिक निमन्त्रणा गरेको छ।

अग्रिम टिकट बुकिङका लागि सुवन एनफसीका संयोजक भास्कर लामिछाने लाई दिईएको ०१०७९९०१४३८ नम्बरमा  सम्पर्क  गरी टिकट बुक गर्न सकिनेछ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन