नेभिगेशन
मनोरञ्जन

HWASEONG NFC द्वारा नेपाली कथानक चलचित्र ‘बलिदान’ प्रदर्शन हुने

दक्षिण कोरियाको हवासङ् (Hwaseong) मा नेपाली कथानक चलचित्र ‘बलिदान (Balidan)’ प्रदर्शन हुने भएको छ। नेपाली समुदायको पहलमा HWASEONG NFC को गौरवमय प्रस्तुतिमा आयोजना हुन लागेको यो चलचित्र राजनीतिक–एक्शन विधामा आधारित रहेको छ।

चलचित्रमा कलाकार समीर भट्टको दमदार अभिनय र प्रभावशाली एक्शन देख्न सकिन्छ। यस चलचित्रले अन्याय, शोषण र भ्रष्टाचार विरुद्धको संघर्ष र बलिदानको कथा प्रस्तुत गर्दछ। सामाजिक सन्देशका साथै मनोरञ्जनले भरिएको यो चलचित्रले विदेशमा रहेका नेपालीहरूलाई आफ्नै माटो र समाजप्रति चेतना जगाउने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्।

IMG_8709-1760246723.JPG

 

चलचित्र प्रदर्शन कार्यक्रम

📅 मिति: अक्टोबर 19, 2025 (आइतवार)

🕐 समय: दिउँसो 1:30 बजे

📍 स्थान: 마도 문화센터 (Mado Culture Center), Hwaseong

आयोजक समितिले हवासङ् र आसपास बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चलचित्र अवलोकनका लागि हार्दिक निमन्त्रणासमेत गरेको छ।साथमा HANPASS रेमिटेन्स सम्बधी जानकारी एवम सम्पूर्ण सेवा पनि लिन सकिने छ।

🎟️ टिकट बुकिङ खुला गरिएको छ। सीट सीमित रहेका कारण अग्रिम बुकिङ गर्न अनुरोध गरिएको छ।

📞 सम्पर्क नं.: 010-2315-4615 / 010-2572-4239

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन