नेभिगेशन
मनोरञ्जन

गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा , गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् ।

किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो ।

2268fc591b81cecffa607ee6d5afa0f8-1760016827.JPEG
गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा  विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ ।प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

a7f454e4b659a94a46c155f0fecd0a82-1760016891.JPEG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन