नेभिगेशन
मनोरञ्जन

मे १६ मा फुलल्याङ ब्यान्डको ‘द्वन्द’ म्युजिक भिडियो सियोलमा प्रिमियर हुने

दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीहरूका लागि फुलल्याङ ब्यान्डको नयाँ म्युजिक भिडियो ‘द्वन्द’ को विशेष प्रिमियर आयोजना हुने भएको छ।

नुप्पा केरोश ल्होमी राईको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा किम जुनही (Kim Junhi) को अभिनय रहेको छ भने अडियो मिक्सिङ तथा मास्टेरिङ आशीष पाठक ले गरेका छन्।

आयोजकका अनुसार उक्त प्रिमियर कार्यक्रम आगामी मे १६, २०२६ मा सियोलस्थित THE MASCAGNI (마포구 와우산로15길 29) मा सम्पन्न हुनेछ। कार्यक्रममा म्युजिक भिडियोको Exclusive First Screening (Invitation Only Premier) गरिनेछ, जहाँ सीमित आमन्त्रित अतिथि तथा संगीतप्रेमीहरूको उपस्थितिमा पहिलो पटक सार्वजनिक प्रदर्शन हुनेछ।

ब्यान्ड लाइनअपमा ड्यान किराती राईको आवाज ,गिटारिस्ट पवन र  तपश प्रधान , बेसमा कानुन लामा र ड्रमर रोशन म्याक्स लामा रहेका छन्।

फुलल्याङ ब्यान्डको ‘द्वन्द’ म्युजिक भिडियोको सियोल प्रिमियरले प्रवासमा नेपाली संगीत र सिर्जनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नेपाली कलाकारिताको पहिचान थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन